बैशाख ३०, २०७८ बिहिबार

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१४ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४ सय ६६पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका हुन्। गत चोबीस घन्टामा १९ हजार ४ सय ७४ पीसीआर तथा ७७१ एन्टिजेन परीक्षण भएको छ।