फागुन ५, २०७९ शुक्रबार

५ फागुन काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच समझदारी भइसकेको छैन । 

यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेको स्रोतले जनाएको छ । राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

सरकारले गत पुस २७ र फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।