५ फागुन काडमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले राष्ट्रपति निर्वाचन बारे छलफल गर्न कार्यकारणी समिति बैठक बोलाएका छन्। आउँदो १० गते बैठक बोलाएको हो।
पार्टीको राष्ट्रपति निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता गर्ने तालिका छ। भएकाले लोसपाले त्यसअघि नै निर्णय लिन बैठक बोलाएको हो। राष्ट्रपतिका लागि लोसपा अध्यक्ष महन्थ ठाकुरको पनि चर्चामा चलिरहेको छ।
उनलाई अघि सार्ने वा नसार्ने भन्ने निर्णय पनि उक्त बैठकले गर्नेछ। केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले ठाकुरसँग राष्ट्रपति निर्वाचन बारेमा छलफल गरेका थिए। अन्य दलहरुसँग छलफल गरेर अध्यक्ष ठाकुरको राष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना रहेको लोसपाले जनाएको छ।