३ फागुन दाङ। राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डीमा पुग्नु भएको छ ।
बुधबार बिहान सवा ११ बजे उहाँ दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयमा अवतरण गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। यादवप्रसाद लामिछानेले स्वागत गर्नुभएको हो ।
विश्व विद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी दाङ आउनुभएको हो । विश्वविद्यालयको १ सय ८ कोठे भवन ५ वर्ष अघि नै निर्माण भएको थियो ।
कार्यक्रम स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।