माघ २९, २०७९ आइतबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको गुनासो गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हिमाली जिल्लामा अझै किताब नपुगेको र जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र शुरू हुने जानकारी गराए ।

हिमाली जिल्लामा तत्कालै किताब पठाउनुपर्ने उनले बताए। उनले मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न समेत गरेका छन्।