माघ २९, २०७९ आइतबार

२९ माघ काठमाडौं । सरकारले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेश गरेको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेश गर्नुभयो ।