माघ २९, २०७९ आइतबार

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले लघुवित्तका कारण करिब ४० जनाले आत्महत्या गर्नु परेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । चर्को ब्याज, चर्को सेवा शुल्क तथा विभिन्न सुविधाका कारण ४० जना जतिले आत्महत्या गर्नु परेको उनको भनाइ छ ।

आत्महत्या गर्नेमा पनि बढी महिला रहेको भण्डारीको भनाइ छ । ‘यति धेरै मानिसले आत्महत्या गरेको हामीले जानकारी पाएका छौं’ उनले भने, ‘यस विषयमा सरकारले अनुसन्धान गरेर सुरक्षित गर्न पर्यो । यो भन्दा ठूलो अपराध हाम्रो इतिहासमा केही हुन सक्दैन ।’

विकास, सहयोगको तथा सेवाको नाममा सबै ठग प्रणालीमा जान नहुने बताए । यसमा ध्यान दिन सरकारलाई आग्रह गरे ।