२९ माघ काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा खुमाकान्त पौडेल नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधीवक्तामा अधिवक्ता खुमकान्त पौडेल नियुक्त भएका छन्। मुख्यमन्त्री लीला गिरीले उनलाई आइतबार सो पदमा नियुक्त गरेका हुन् ।
मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय थिए ।