चौतारा । सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस संक्रमणका थप ७५ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
बुधबार एकैदिन चौतारा साँगाचोकगढीका २२, जुगलका ८, बलेफिका ५, बाह्रबिसेका २, लिसंखुपाखरका १३, भोटेकोशीका १, सुनकोसीका १३, हेलम्बुका १ र पहिचान नखुलेका १० सहित ७५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सहित संक्रमितको संख्या ५ सय ५६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ८ छ ।