माघ २५, २०७९ बुधबार

२५ माघ  काठमाडौं। राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ ।

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित हुनुभएको हो ।

उहाँ नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित हुनुभएको हो ।

दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाउनु भयो ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो । मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुखरउपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए।