२५ माघ काठमाडौं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गर्नुभएको हो ।
प्रवक्ता विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’
उहाँका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति समेत पारित गरेको छ ।