चरिकोट । पछिल्लो २४ घण्टामा दोलखामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२९ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै दोलखामा सक्रिय संक्रमितको संख्या २५७ पुगेको छ । कोरोना भइरको दोस्रो लहरको महामारीसँगै दोलखा जिल्लामा कोरोना संक्रमित संख्या दिन प्रतिदिन बढदै गएको छ । 