काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन ३ हजार ९ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार २ सय ५० जना, ललितपुरमा ४ सय ४८ जना र भक्तपुरमा २ सय २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।