चौतारा । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै सिन्धुपाल्चोकमा कुल संक्रमितको संख्या ५ सय नजिक पुगेको हो । मंगलबार एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार चौतारा साँगाचोकगढीमा १८, जुगलमा ४, बलेफिमा ७, बाह्रबिसेमा ४, मेलम्चीमा १७, भोटेकोशीमा १ र ठेगाना नखुलेका २ गरी ५३ जनामा कोरोना पोजेटिभ भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी संक्रमितको संख्या हो । यो सँगैं जिल्लमा संक्रमितको संख्या ४ सय ८१ पुगेको छ ।