बैशाख २९, २०७८ बुधबार

पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये पर्साका ५ जना र बाराका २ जना छन् । नारायणी अस्पतालमा ४ जना र नेशनल मेडिकल कलेजले बाबा होटेलमा सञ्चालन गरेको कोरोना अस्पतालमा २ जना र नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो ।

सोमबार मात्रै वीरगञ्जमा १० जना संक्रमितको मृत्यु भएको थियो । वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृतकको संख्या एकदमै बढी देखिएको छ । वीरगञ्जमा उपचारको क्रममा १ सय ११ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जसमध्ये ५८ जना जिल्ला बाहिरका छन् ।