बैशाख २८, २०७८ मंगलबार

चाैतारा । सिन्धुपाल्चोक जिल्लाको चाैतारा साँगाचाेकगढी नगरपालिकाले गाउँ गाउँमा गई नगरवासीकाे स्वाब संकलन थालेकाे छ । नगरपालिकामा  काेराेनाकाे दाेस्राे लहर सुरू भएसँगै संक्रमित बढेकाले संवा संकलनलाई तीब्रता बढाएकाे हाे ।

नगरपालिकाका स्वास्थ्यकर्मीकाे टाेली गाउँमै पुगेर स्वाब लिने गरेका छन् । हालसम्म नगरपालिकाले १ हजार २ सय ५१ काे स्वाब संकलन गरेकाे नगरपालिका स्वास्थ्य शाखाका प्रमुख दिनेश नेपालले जानकारी दिए । स्वास्थ्य टाेलीले हालसम्म चाैतारा, पीपलडाँडा, जल्केनी, साँगाचाेक, कदमबासलगायतका गाउँमा स्वाब लिएकाे छ । यसअघि संक्रमित भएकाहरूकाे सम्पर्कमा रहेका व्यक्तिहरूकाे स्वाब संकलन गरिएकाे हाे ।