काठमाडौं : नेपाल मेडिसिटी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ विरामी भर्ना नलिने भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्था सहज नभएसम्मका लागि नयाँ भर्ना नलिने जानकारी गराएको हो ।
( विज्ञप्ति ) कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको हालको यस अवस्थामा नेपाल मेडिसिटी अस्पतालले आफ्नो सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीहरुको उपचारमा संलग्न भइरहेको व्यहोरा अवगत गराउँन चाहन्छौं ।
यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरीएको छ ।
अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु त्था १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरु मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँदछौंं ।
प्रत्येक दिन ४ सय पचास देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सो का लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग हार्दिक अपिल गर्दछौं ।
अहिलेको विषम् परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत् बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौं ।
स्थिती सामान्य बन्दै आवश्यक अक्सिजन परिमाण र अन्य सामग्रीहरु प्राप्त भएसँगै नयाँ भर्नाका लागि अस्पताल व्यवस्थापनबाट अर्को सूचना जारी हुने अवगत गराउँदछौं ।
विस्वस्तरीय संरचनाका रुपमा स्थापित भएर पनि अक्सिजन अभावकै कारण उपचार प्रक्रियामा पुग्न गएको अवरोधबारे दुखद् जानकारी गराउनु पर्दा अस्पताल परिवार क्षमाप्राथी छौं ।
डा. राज राणा
मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता