सोमवार राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) का अध्यक्ष मुकुन्द ढुंगानाले पत्रकार महासंघ काठमाडौँ शाखाका सह-सचिव अर्जुन डोटेललाई सर्जिकल मास्क, स्यानिटाइजर लगाएतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ को दोस्रो चरणको लहर बढेसंगै पत्रकारहरुलाई सुरक्षित रहेर काम गर्न नोजाले केही स्वास्थ्य सामग्री सहयोग गरेको अध्यक्ष ढुंगानाले बताए।
त्यस अबसरमा स्वास्थ्य संकटको समयमा पत्रकार महासंघ काठमाडौँ शाखालाई सम्झेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा सहसचिव डोटेलले नोजालाई धन्यवाद दिए।