माघ १२, २०७९ बिहिबार

काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज ओली प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

दुई शीर्ष नेताहरुबीच पछिल्लो समसामयिक राजनीति, प्रदेश सरकारलाई पुर्णता र राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भइहरेको बताइएको छ ।

भेटमा पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचन तथा राष्ट्रियसभाको उपनिर्वाचनबारे कुराकानी हुने बताइएको छ।

यही माघ २५ गते लुम्बिनी प्रदेशमा रिक्त एक स्थानमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ। त्यस्तै, राष्ट्रपतिको कार्यकाल यही फागुन २८ मा सकिँदै छ। त्यसभन्दा एकमहिना अघि नै राष्ट्रपति निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। यद्यपि, कानुन र ऐन बाझिएकाले राष्ट्रपति निर्वाचनको मिति तोकिन सकेको छैन।