बैशाख २५, २०७८ शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा १८ हजार ३ सय ४ जनाको परीक्षण गर्दा ८ हजार ४ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै आज ३ हजार ३ सय ७० जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३ हजार ४९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।