बैशाख २४, २०७८ शुक्रबार

वीरगञ्ज, २४ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणअनुसार १ सय ३२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।


अस्पतालका प्रवक्ता डाक्टर सरोजरोशन दासले १ सय ९२ जनाको स्वाब परिक्षण गर्दा आज बिहान १ सय ३८ जना संक्रमित पुष्टि भएको बताउनुभयो । 


संक्रमित हुनेमा पर्साका १ सय ८ जना, बाराका २१ जना, सर्लाहीका ५ जना र रौतहटका ४ जना छन ।