कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन्।
बिहीबार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताका शपथ ग्रहण गरेपछि पदभार ग्रहण गरेका हुन।
मुख्यमन्त्री रावलले पहिलो निर्णयका रुपमा शासकीय सुधार गर्ने बताएका छन्। प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन्।
सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना कार्यदलले तयार पार्ने छ।
गठित कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन्। एक साताभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन मुख्यमन्त्री रावलले दिएका छन्।