तेहरान, १३ जेठ: इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मध्य पूर्वमा व्याप्त क्षेत्रीय चुनौति र जारी तनावलाई सम्बोधन गर्न सामूहिक एकता आवश्यक रहेको कुरामा जोड दिँदै मुस्लिम देशहरूबीच बलियो एकताको आह्वान गर्नु भएको छ ।
ईद अल–अधा अघि धेरै मुस्लिम राष्ट्रका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्दै पेजेस्कियनले इस्लामिक एकता अब्बल बनाउन र “खतराहरूको सामना“ गर्दै सबै क्षेत्रहरूमा सहयोग विस्तार गर्नेु पर्ने बताउनु भएको छ ।
इराक, ओमान, कतार, टर्की, ताजिकिस्तान, इजिप्ट, किर्गिजस्तान र अजरबैजान लगायतका नेताहरूसँगको कुराकानीमा ईद अल–अदाको शुभकामना दिदै उहाँले भगवानले मुस्लिमहरूको हृदयलाई नजिक ल्याइ सबै क्षेत्रमा सहयोगको विस्तार र खतराको सामना गर्न एक अर्काको समर्थन गर्न सकिने सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नु भएको छ ।
किर्गिज राष्ट्रपति सादिर जापारोभसँगको कुराकानीमा पेजेस्कियनले ईद अल–अदालाई मुस्लिम राष्ट्रहरू बीचको विश्वास, बलिदान र एकताको शक्तिशाली प्रतीकको रूपमा वर्णन गरेको इरानी राज्य सञ्चार माध्यम प्रेस टिभीले जनाएको छ । यो अवसरले इस्लामिक विश्वका देशहरूबीच आपसी विश्वास र क्षेत्रीय सम्बन्धलाई गहिरो बनाउन सम्झाउने अवसरको रूपमा काम गर्नुपर्ने उहाँले बताउनु भएको् छ ।
इस्लामिक क्षेत्रमा एकता र बाह्य हस्तक्षेपको सामूहिक अस्वीकारमा निर्मित क्षेत्रीय सम्बन्धमा आगामी समयमा “नयाँ अध्याय“ देखा पर्ने विश्वास व्यक्त गर्दै पेजेस्कियनले विवाद समाधानका लागि कूटनीति संवाद प्रति इरानको प्रतिबद्धतालाई दोहोरÞ्याउनु भएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको वार्ताका क्रममा पेजेस्कियनले मुस्लिम देशहरू बीचको एकताले साझा क्षेत्रीय सङ्कटहरूलाई सम्बोधन गर्न र बाह्य दबाबहरूको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न बताउनु भएको छ । यसैबीच उहाँले तेहरान र क्वालालम्पुरबिच आर्थिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा बलियो द्विपक्षीय संलग्नताका लागि पनि आह्वान गर्नु भएको छ । जवाफमा प्रधानमन्त्री अनवर इब्राहिमले मुस्लिम राष्ट्रहरू बीच अझ बढी एकता र सहयोगको आशा व्यक्त गर्नु भएको छ ।
इराकी राष्ट्रपति निजार अमीदी र प्रधानमन्त्री अली फालिह अल–जैदीसँगको छुट्टै कुराकानीमा, पेजेस्कियनले बलिदान, भाइचारा र ऐक्यबद्धता सम्झाउने इद अल–अदाको मूल्यमान्यताहरू माथि प्रकाश पार्दै क्षेत्रीय सहयोगलाई बलियो बनाउन आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।
लाखौं मुस्लिमहरूले हजको १० औँ दिनमा पैगम्बर अब्राहमको ईश्वर प्रतिको भक्तिको सम्मान गर्न ईद अल–अधा मनाउँछन् ।