पुस २८, २०७९ बिहिबार

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई शुक्रवार ११:३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । यस्तै मुख्यमन्त्रीसँग प्रदेश सरकारमा सहभागी सबै दलका एक एक जना मन्त्रीले पनि शपथ लिने भएका छन् ।