काठमाडौं । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमका अनुसार ८६०५ परीक्षणमार्फत कोरोना पुष्टि भएको हो । यस्तै ५४ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार तीन सय ५२ पुगेको छ ।
यस्तै २४ घण्टामा १९९३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने सो समयमा ५८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।