काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपालमा २२३ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मङ्गलबारसम्म ४३ हजार ६ सय ३४ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर आज (बुधबार) नेपाल ल्याइँदै छ ।
औषधि आयातकर्ता सङ्घका महासचिव पवन आचार्यका अनुसार बङ्गलादेशबाट चार हजार भाइल रेम्डिसिभिर औषधि भित्रिन लागेको हो । बंगलादेशबाटै मङ्गलबार तीन हजार भाइल रेम्डेसिभिर आइपुगेको छ ।