पुस २५, २०७९ सोमबार

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बैंकहरुको मर्जरबाट विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न सहज हुने बताएका छन्। 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि सोमबार सम्बोधत्रनका कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

'बैंक तथा वित्तीय संस्था मर्जर लगायताका कृयाकलापले ठूला परियोजनामा श्रोत जुटाउन सहज हुनेछु, उनले भने, 'यसले अझ बढी वित्तीय दक्षता बढ्ने छ। अर्कातिर वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हटेर जाने छ।'

उनले सम्बोधनका क्रममा बैंकहरु ठूलो हुँदै जाँदा नागरिकको पहुँचमा कमी आउन दिन नहुने पनि बताए। 

'बैंक तथा वित्तीय संस्थान देशका आर्थिक क्षेत्रका खम्बा हुन्। वित्तीय साक्षरता र स्वरोजगारमा पनि लगानी बढ्ने विश्वास छु, उनले भने, 'हाम्रो जस्तो विकाशशील देशमा निजी क्षेत्रको ठूलो भूमिका छ।'

उनले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई यहाँसम्म ल्याएर देशकै ठूलो बैंक बनाउनु चानचुने कुरा नभएको बताए।

'सबैलाई मिलाएर यहाँसम्म आइपुग्नु नै ठूलो कुरा हो। देशकै ठूलो बैंक बनाउन दुवै बैंकको यो योगदान छु, उनले भने, 'यो पक्कै सजिलो काम होइन। तपाईंहरुले धेरै उतारचाढ पार गर्नुपर्यो। यो हाम्रो राष्ट्रका लागि महत्वपूर्ण कदम हो। यो मर्जरले देशले अझै बलियो, थप विविध र गतिशील बैंकिङ क्षेत्र पाउने छ।'