बैशाख २१, २०७८ मंगलबार

चौतारा । सिन्धुपाल्चोकमा आज थप २६ जनालाई कोरोना पुष्टि भएको छ ।

हेलम्बु गाउँपालिकाका ९ जना, बाह्रबिसे नगरपालिकाका ३ जना, चौतारा साँगाचोकगढीका १० जना र सुनकोसीका ४ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगैं जिल्लामा कोरोनाको दोस्रो लहरमा संक्रमित हुनेको संख्या १ सय ३४ पुगेको छ ।

साथै दोस्रो लहरमा संक्रमित भएर तीन जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने तीनै जना चौतारा साँगाचोकगढी नगरपालिका हुन् ।