पुस २२, २०७९ शुक्रबार

काठमाडौं: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार  तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई  नेपालका लागि अमेरिकी राजदूत डिएन थम्पसले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिन थम्पसन मन्त्रालय आएका हुन्।

परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा भएको उक्त भेटमा थम्पसनले नेपाल-अमेरिका औपचारिक सम्बन्धले ७५ वर्ष पूरा गरेको स्मरण गर्दै नेपालको विकासका लागि अमेरिकाले आफ्नोतर्फबाट  सहयोगलाई निरन्तरता दिने प्रतिबद्द्ता  जनाए।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालय सम्हालेकोमा खुसी व्यक्त गर्दै थम्पसनले ऊर्जा र मानवीय क्षेत्रमा मात्र नभएर नेपालको आर्थिक९सामाजिक र कृषिको  बिकासमा समेत सहयोग गर्न अमेरिका इच्छुक रहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले थम्पसनलाई राजदूतका रूपमा नेपालको बसाइ उपलब्धिमूलक होस भन्ने सुभेक्षा प्रकट गरे। तीन महिनादेखि नेपाललाई नजिकबाट अनुभूति गरिरहँदा आफूलाई यहाँको जनजीवन र प्रकृतिले सम्मोहित बनाएको थम्पसनले बताए।