बैशाख २१, २०७८ मंगलबार

चौतारा । तातोपानीमा सीमा नाका हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ । कोरोना संक्रमण फैलन नदिन भोटेकोशी गाउँपालिकाले दुई ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाले सीमा क्षेत्र लिपिङको भन्सार यार्ड र नयाँ पुलमा हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । भोटेकोशी गाउँपालिका वडा नं ५ मार्मिङस्थित नयाँ पुलमा प्रहरी, सशस्त्रसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । वारपार गर्ने व्यक्तिहरूलाई मास्क वितरण र सेनिटाईनजर दिएर पठाईने गरिएको गाउँपालिकाले जनाएको छ 
नयाँ पुलमा पास बिनाको गाडी ओहोरदोहोर गर्न दिईएको छैन । तापक्रम जाँचका लागि दुई थर्मो गन राखिएको छ ।
त्यस्तै गाउँपालिकाले नाकामासमेत हेल्थ डेस्क स्थापना गरेको छ । नाका रहेका डेस्कबाट चीनबाट सामग्री ल्याउने कन्टेनरका चालकलाई परीक्षण गर्ने गरिएको अध्यक्ष पौडेलले बताए ।

साथै कोरोना नियन्त्रणका लागि भोटेकोशीमा कोभिड अस्पतालसमेत स्थापना गरिएको छ । एक डाक्टर र २ नर्ससहित रहेको अस्पतालमा ५ बेड राखिएको गाउँपालिकाले जनाएको छ ।