बैशाख २१, २०७८ मंगलबार

काठमाडनैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१६१३१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार ५ सय ८७ जना तथा ५ सय ७१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७३  जना गरी जम्मा ७६६० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
देशभरबाट गएको २४ घण्टामा १७७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४१७  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ५९७९८ सक्रिय संक्रमित आइसोलेसनमा उपचार गराइरहेका छन् ।

यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।