पुस २१, २०७९ बिहिबार

काठमाडौं– लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।

 लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुईभन्दा बढीहरू मिलेर बहुमत पुर्‍याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

२७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न सकिने छ ।