पुस २१, २०७९ बिहिबार

काठमाण्डौ: राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभाको उपनिर्वाचनका लागि यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श तथा छलफल गरिसकेका छन् ।