पुस २१, २०७९ बिहिबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठित छानबिन समितिले आफ्नो काम थालेको छ ।

२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरूसँग उपलब्ध सबुत प्रमाणहरू, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाणलगायत प्रचारप्रसार सामाग्री उपलब्ध गराउन छानबिन समितिले माग गरेको उहाँको भनाइ छ ।

छानबिन समितिले आफ्नो कार्य सम्पन्न गर्नका लागि माघ मसान्त सम्मको समय सीमा पाएको छ ।