पुस २१, २०७९ बिहिबार

सुर्खेत । कर्णाली प्रदेशमा ७ दिन भित्र नयाँ सरकार गठन गर्नको लागि आह्वान गरिएको छ । 

प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न बिहिवार आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम राजनीतिक दलहरुलाई नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन् । 

कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण  नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यले मुख्य मन्त्रीमा दाबी पेस गर्न सक्नेछ । 

४० सदस्य रहेको कर्णाली प्रदेशसभामा सबै भन्दा ठुलो दल नेपाली कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १–१ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।