काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट करिब २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोरोना बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को साता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए ।
गौतमले भने मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको र “हामीसँग अक्सिजन ग्यासको कमी छैन तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु(याउन कठिन भएको छ ।” मन्त्रालयले प्राण वायु अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।