पुस २०, २०७९ बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ ।

२२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।