बैशाख २१, २०७८ मंगलबार


काठमाडौं । प्रतिनिधिसभा सबै सासंदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

संसद भवन नयाँबानेश्वरमा यही वैशाख २२ र २३ गते बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरी परीक्षण गरिने संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन यहि वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको बताएको छ ।