पुस १९, २०७९ मंगलबार

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबाट स्थायित्व दिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।

राजधानीमा आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

‘गठबन्धन बनाएर स्थायित्व दिन खोजेको सकिएन। मलाई व्यवस्थाको चिन्ता भएको छ। कांग्रेसको हातबाट सत्ता गयो भन्ने मात्रै चिन्ता छैन। मुलुकमा अस्थिरता निम्तिने खतरा छ’, वरिष्ठ नेता पौडेलले भने।

उनले अझै पनि राष्ट्रिय सहमति आवश्यक रहकाले सबैले कोसिस गर्नुपर्ने बताए।

‘अझै पनि राष्ट्रिय सहमति आवश्यक छ। हामीले केही कोसिस गर्ने हो किरु व्यवस्थाका लागि फेरि पनि राष्ट्रिय सहमतिको बाटो जानुपर्छ। त्यसरी नै सरकार बनाऔँ’, वरिष्ठ नेता पौडेलले भने।