काठमाण्डौ: प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले र माया राईले आज शपथ लिनु हुनेभएको छ ।
आले र राईको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई सहभागी हुनुभएको थिएन ।
आले पारिवारिक शोकमा र राई अस्पतालमा हुनाले छुट्नुभएको थियो । उहाँहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराउनुहुनेछ ।