नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा २ नेताबीच भेट भएको प्रचण्डको सचिवालयले बताएको छ ।
प्रचण्ड र गौतम बीचको भेटमा समाजवादी केन्द्रको एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको बताइएको छ ।माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एकता राष्ट्रिय अभियान र डा. बाबुराम भट्टराईको टीमलाई मिलाएर समाजवादी केन्द्र बनाउनेबारे नेताहरू जोडतोडले जुटेका छन् ।
छलफल सकेर बाहिरिने क्रममा गौतमले आफूहरूको नेता प्रचण्ड भएको भन्दै बाँकी कुरा उनैलाई सोध्न पत्रकारलाई भनेका छन् । समाजवादी केन्द्रको एकता संयोजन समितिको संयोजक पनि प्रचण्डलाई नै बनाउन लागेको संकेत गौतमले गरेका छन् ।
घनश्याम हामीसँग आउन तयार छन्, भीम रावलले भोलि बसौं भनेका छन्ः माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी बनाउने आँट अझै कायमै रहेको भन्दै निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरुसँग आज जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धेरै साथीहरु पार्टीमा जोडिने कुरा आएको बताए ।
उनले घनश्याम भुसाल नेकपा एसमा समाहित हुन तयार रहेको र भीम रावलले भोलि बसौं भनेको भन्दै वामदेव गौतम पनि सकारात्मक रहेको बताए । नेता नेपालले एमाले अध्यक्ष केपी ओलीसँग संवाद हुने संकेत पनि गरेका छन् । उनले प्रचण्ड सरकारलाई विश्वासको मत दिने बताए ।
नेपालले भने– साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्ने छौँ । पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौँ भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।
सरकारमा जानेबारेमा नेपाल आशावादी देखिएको बैठकमा सहभागी एक नेताले बताए । अहिले माधव नेपाल र झलनाथ खनालले सुझाव लिइरहेका छन् । अधिकांशले पार्टी एकता नै गर्ने भए एमालेसँग गर्नुपर्ने सुझाव दिएका छन् ।
अहिले पनि सो बाटो भएर हिँड्ने अधिकाशं गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे सन्धिखर्क चल्ने कुनै पनि सवा’रीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् ।