चौतारा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या १ सय ११ पुगेको छ ।
आइतबार गरिएको पिसिआर परीक्षणको रिपोर्टमा १५ जना नयाँ संक्रमित थपिएसँगै,कुल संक्रिय संक्रमितको संख्या १ सय ११ पुगेको हो ।
चौतारा सांगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुखका अनुसार आइतबार ४५ जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उनिहरु स्वास्थ्य कार्यालयका अधिकृत, अस्पतालका कर्मचारी ,एम्बुलेन्स चालक देखि देखि चौतारा र ठुलोसिरुवारीका स्थानिय हुन् । यस्तै मेलम्चीमा ५ जना संक्रमित भटिएका छन् भने सुनकोसि ६ थुम्पाखरमा ४ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कायाृलय सिन्धुपाल्चाकका प्रमुख दुर्गादत्त चापागाईका अनुसार अहिले संक्रमित मध्य सय जना घरमै आईसुलेसनमा छन् भने ७ जनाको काठमाडौको विभिन्न अस्पचालमा उपचार भईरहेको छ । चौतारा अस्पतालको आइसोलेसन वार्डमा ६ जना उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चौतारा अस्पतालले जनाएको छ ।