काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।
१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।
यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ । नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।