बैशाख १८, २०७८ शनिबार

काठमाडौं : नेपालमा पछिल्लो २४ थप ५ हजार ७ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९ सय ६९ जनाकाे पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १ हजार २ सय ८७ जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २९८ पुगेको छ ।