फागुन ११, २०७७ मंगलबार

बाबुराम भट्टराई

काठमाडौ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई केही दिनअघि मात्रै पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए ।