बैशाख १७, २०७८ शुक्रबार

नेपालमा थप पाँच हजार सात सय २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर पाँच हजार सात सय २७ सङ्क्रमित थपिएका हुन् । याे सङ्ख्या कोरोनाको दोस्रो लहर सुरु भएयता कै धेरै हाे ।

१५ हजार तीन सय ९१ पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ८ सय १३ पुगेको छ । जम्मा सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

सक्रिय सङ्क्रमितमध्ये ३६ हजार १ सय ३५ होम आइसोलेसनमा छन् । तीन सय ३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा नौं सय २८ जना सङ्क्रमण मुक्त भएका छन्  ।