काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८३१ जनामा कोरोना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर कुल ४८३१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले ९७ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल ३ लाख १७ हजार ५३० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ८० हजार १६७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८.२ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ५९७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २४ लाख ८५ हजार ५६५ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ५९ जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार २०१ जना रहेका छन् भने होम आइसोलेसनमा ३० हजार ९१६ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ३३७ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने १०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३२४६ रहेको छ ।
यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।