चौतारा : सिन्धुपाल्चोक जिल्लाको सिन्धु विकास बैंक खाडिचौरमा कार्यरत एक कर्मचारीको कोरोना भाईरस संक्रमण भएर मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका १ घर भई हाल सिन्धु विकस बैंकको खाडिचौर शाखामा कार्यरत ४३ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
उनी १५ दिनदेखि बिरामी परेर कार्यालय उपस्थित भएका थिएनन् । ४ दिनदेखि भक्तपुर इन्टरनेशनल हस्पिटलको भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर सुरुभएसँगै मर्ने उनी पहिलो व्यक्ति हुन् ।