काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल १३ हजार ८ सय ७९ को पिसिआर र ९ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर गर्दा ४ हजार ७ सय ७४ जना र एन्टिजेन परीक्षण गर्दा १२३ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या ३० हजार २ सय ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ७३ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ११ पुगेको छ ।