बैशाख १५, २०७८ बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको परिवार स्रोतले जनाएको छ ।